शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा प्रादेशिक स्तरको अस्पताल निर्माण गरिन्छ : मन्त्री यादव

शुक्रबार, ३० कात्तिक २०७५, १८ : ५५
शुक्रबार, ३० कात्तिक २०७५

जनकपुर– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनकपुरलाई स्वास्थ्य सेवाको केन्द्र थलो बनाउने बताएका छन् ।

शुक्रबार जनकपुरस्थित अमेरिकी सरकारको सहयोगमा निर्माण हुन लागेको प्रसुति गृहको शिलान्यास गर्दै उपप्रधानमन्त्री यादवले अस्पताललाई स्तरोन्नती आवश्यक रहेको बताए । उनले विभिन्न विशेषज्ञ सेवा सञ्चालनको प्रयास समेत भइरहेको उल्लेख गर्दै उनले भने– ‘प्रादेशिक स्तरको आयुर्वेद अस्पताल समेत जनकपुरमै निर्माण गर्न लागिएको छ । जनकपुरको सरसरफाईमा सुधार ल्याउन जनकपुरवासीसँग आग्रह गर्छु ।’

सो अस्पताल निर्माणका लागि भवनसहित अन्य उपकरण र सुविधाका लागि अमेरिका सरकारले एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको जनाएको छ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल र समाजिक विकास मन्त्री नवलकिशोर साह र अमेरिकी प्रतिनिधि लगायतकाहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप