बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ : नेता पौडेल

शुक्रबार, ३० कात्तिक २०७५, १९ : ३८
शुक्रबार, ३० कात्तिक २०७५

पर्सा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्ति बिना नेपालको विकास हुन नसक्ने धारणा व्यक्त गरेका छन् । 

नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ ले आज पर्साको धोवनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल गाउँमा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने ठोकुवा गरे ।
 
उनले कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जाको विकासले नै राष्ट्रलाई समृद्ध बनाउने सकिने भए पनि यसतर्फ सरकारको ध्यान नरहेको बताए । 

विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकालाई पार्टीमा स्वागत गर्दै वरिष्ठ नेता पौडेलले मधेश आन्दोलनका घाइते र सहादत प्राप्त भएकालाई राहत प्रदान गर्न नेपाली काङ्ग्रेसले आयोग गठन गर्ने बताए ।

उनले आन्दोलनमा मारिएका आश्रित परिवारलाई रु ५० लाख दिने घोषणा गरेका नेताहरु सत्तामा पुगेपछि सबै बिर्सिएकाले जनताको सच्चा साथीका रुपमा रहेको काङ्ग्रेसले चाँडै आयोग बनाई आन्दोलनका क्रममा पीडित भएकाको समस्यालाई सम्बोधन गर्ने ठोकुवा गरे । 

नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ का क्षेत्रीय सभापति रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरीलगायत वक्ताले सरकार गठन भएको ६ महीना बित्दासमेत जनताले सरकारको अनुभूति गर्न नसकेको विचार व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप