शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्ततः विवेकशील नेपाली र साझा पार्टी मिले, एकीकरण घोषणा भोलि

मङ्गलबार, १० साउन २०७४, १६ : ४४
मङ्गलबार, १० साउन २०७४

काठमाडौं– आफूलाई वैकल्पिक शक्ति बताइरहेको डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता प्रक्रिया निश्कर्षमा नपुग्दै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र र उज्जल थापा नेतृत्वको विवेकशील पार्टी एक भएका छन् ।

साउन ११ गते बुधवार दिउँसो औपचारिक रुपमा पार्टी एकीकरणको घोषणा गरिने भएको छ । बुधबार दिउँसो १ः ३० बजे काठमाडौको एक पार्टी प्यालेसमा  पत्रकार सम्मेलन गरेर पार्टी एकीकरण गर्ने घोषणा गरिने भएको छ । 

पार्टी एकीकरण घोषणा गरिने भन्दै साझा पार्टीका संयोजक रबीन्द्र मिश्रले विवेकशील अध्यक्ष उज्वल थापासँगै एउटै पोशाकमा खिचिएको फोटो समेत सामाजिक सञ्जालमा पोष्ट गर्दै समाजिक सञ्जाल प्रयोगकर्तालाई शेयर गर्न अपील समेत गरेका छन् । साझा र विवेकशीलले गत स्थानीय तह निर्वाचनमा काठमाडौमा ल्याएको मतले दुवै पार्टी चर्चामा आएका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप