राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान
शनिबार, २२ वैशाख २०८१, १० : ४८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औँ पटक रक्तदान गरेका छन् । पार्टी निकट युवा सङ्गठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागिता जनाउने गरेको उल्लेख गरे ।
उनले रगत दिएर अरूको जीवन बचाउने जस्तो महत्त्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राखे । रक्तदान गर्दै उनले भने,‘म नियमित रक्तदाता हो । आज मेरो ८९ औँ पटकको रक्तदान हो ।’
समय मिल्दा हरेक तीन महिनामा आफूले रक्तदान गर्दै आएको उल्लेख गर्दै उनले थपे, ‘ रक्तदान जस्तो महत्त्वपूर्ण कार्यमा भाग लिन पनि पाउने र पार्टीका युवाहरूले यस्तो महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छन् उनीहरूलाई हौसला र प्रोत्साहन गर्न आज यहाँ सहभागी भए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण