प्रणय दिवसमा वर्षा र संजोग प्रणय सूत्रमा बाँधिदै
बिहीबार, ०२ फागुन २०७५, ०९ : ०७
अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको आज अर्थात् भ्यालेन्टाइन्स डेको दिन विवाह हुँदैछ ।
राजधानीको एक पार्टी प्यालेसमा यी दुईको विवाह हुने बताइएको छ । उनीहरुले विवाह स्थल गोप्य राखेका छन् । विवाहमा यी दुईको आफन्तको उपस्थिती रहने छ ।
यसै सोमबार यी दुईले राजधानीकै एक पार्टी प्यालेसमा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टमा वर्षा र संजोगका परिवारका केही सदस्य मात्र सहभागी थिए ।
इन्गेजमेन्टको जानकारी दुबैले सामाजिक संजालमार्फत तस्बिर सेयर गर्दै दिएका हुन् ।
वर्षा र संजोग ‘अफिसियल्ली इन्गेज्ड’
विवाहको मिति फागुन २ गते जुर्दा सुरुमा आफूलाई यो दिन भ्यालेन्टाइन्स डे पनि परेको थाहा नभएको वर्षाले यसअघि बताएकी थिइन् । त्यसकारण करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका वर्षा र संजोगको विवाह प्रेम दिवसको दिन हुनु संयोग नै मान्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार