युएईमा मृत्यु भएको नेपालीहरूको परिवालाई पठाइयो ‘ब्लडमनी’ रकम
-विनोद श्रेष्ठ
युएई । वैदेशिक रोजगारीको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न दुर्घटनामा परि ज्यान गुमाएका नेपालीहरूले क्षतिपुर्ति बापत प्राप्त गरेको दिया रकम (ब्लडमनी) नेपाल पठाइएको छ ।
विभिन्न घटनामा मृत्यु भएका ४ जना नेपालीहरूको २ करोड १० लाख रूपैयाँ अर्थात् (सात लाख दिराम) नेपाली दूतावास आवुधावीले पराराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई पठाइसकेको जनाएको छ ।
नेपाली दूतावास आवुधावीले गत बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, दिया रकम (ब्लडमनी) पाउने परिवारहरूमा लम्जुङका टेकबहादुर गुरुङ ६० लाख रूपैयाँ अर्थात् (२ लाख दिराम), धनुषाका शाहदेव यादव, ६० लाख रूपैयाँ (२ लाख दिराम) नवलपरासीकी लक्ष्मीमाया श्रेष्ठ ३० लाख रूपैयाँ अर्थात् (१ लाख दिराम) र नवलपरासीकै वीरबल अहिरको परिवारले ६० लाख रूपैयाँ अर्थात् (२ लाख दिराम) पाएका हुन् ।
अझैँ २४ जनाको मुद्दा दर्ता प्रकृयामा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
दुई जनाको मृतकको दिया रकम (ब्लडमनी) नेपाल पठाउन बाँकी रहेको नेपाली दूतावासका द्धितिय सचिव विष्णुकुमारी अधिकारीले बताइन् । उनले अन्य ७ जना मृतकको रकम दूतावासमा आइनसकेको र प्रक्रिया पूरा भइसकेका तर ७ जना मृतकको दिया रकम (ब्लडमनी) अदालतमा जम्मा हुन बाँकी रहेको बताइन् ।
नेपाली दूतावासको आवुधावीले गत मंसिर, पुस र माघमा युएईमा रहेका विभिन्न अदालत पुगेर नेपाली कामदारहरूमाथि लागेको मुद्दाबारे जानकारी लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार