चन्द्रागिरीमा चित्रबहादुर केसीको नाच
काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने बताएका छन् । दोस्रो चन्द्रागिरि महोत्सवमा बोल्दै अध्यक्ष केसीले सो खतरा औंल्याएका हुन् । सदनमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने हुने उनले बताए ।
उनले भने ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भीर र गलत कुरा हो, तत्काल खारेज गर्नुपर्छ ।’ अध्यक्ष केसीले यो विधेयकले नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराइने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।
कार्यक्रममा चन्द्रगिरि महोत्सवका सहसंयोजक तथा प्रचार प्रसार संयोजक रोसन दानीले चन्द्रागिरी नगरलाई देशकै नमुना नगरको विकास गर्न नगरका सवै युवाहरु लाग्नु पर्ने बताए ।
चन्द्रागिरि नगरपालिका र देवदर्शन मिडिया ग्रुपले आयोजना गरेको महोत्सवमा गायक सरोज लामिछानेको गीतमा नेता केसी र चन्द्रगिरि हिल्सका प्रबन्ध निर्देशक अभिषेक विक्रम शाह छम्छमी नाचेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट