जोनी वाकरको ह्वाइट वाकर स्कच बजारमा
काठमाडौं– जोनी वाकरले एचबिओ र गेम अफ थ्रोन्ससँगको सहकार्यमा निर्माण गरेको जोनी वाकरको नयाँ ह्वाइट वाकर स्कच बजारमा पेश गरेको छ ।
केही सीमित संख्यामा उपलब्ध ह्वाइट वाकरको निर्माण चर्चित शो–‘गेम अफ थ्रोन्स’ ह्वाइट वाकर्सका अत्यन्त रहस्यमय एवं निडर चरित्रहरुको उत्प्रेरणामा गरिएको हो र यहाँ फ्यानहरुका लागि अन्तिम सिजनतर्फको उत्सुकता जगाउँदै मज्जा लिन प्रस्तुत गरेको हो ।
बोतलले हिम झैं सेतो र नीलो डिजाइनसँगै कठाँग्रिएको उत्तर स्कटल्याण्ड भेगमा पु¥याउने कम्पनीले दावी गरेको छ । स्कचमा खैरो बनाइएको चिनी र भेनिला, अर्किड फलको स्पर्शसहितको ताजा रातो बेरीहरु तथा स्कटल्याण्डको अति उत्तरीय डिस्टिलरीहरुको एक कार्धु र क्लाइनलिसका एकल माल्टहरुको गुणहरु भरिएका छन् ।
ब्लेण्डर जर्ज हार्परले जोनी वाकरको ह्वाइट वाकर सिर्जना गर्नका लागि आफ्नो प्रारम्भिक चरण स्वरुप कठाँग्रिएको उत्तर स्कटल्याण्ड प्रयोग गरेका छन् । नेपालमा जोनी वाकरको सीमित संख्यामा अप्रिल १४ देखि पहिलो शृँखला शुरु भएको छ ।
ग्लोबल ट्रेडिङ कन्सर्न नेपालको लागि दियागो ब्राण्डहरुको एकमात्र आधिकारिक आयातकर्ता÷वितरकका प्रबन्ध निर्देशक आशिष अग्रवालले जोनी वाकरको ह्वाइट वाकर विश्वव्यापी रुपमा उपलब्ध भएको बताए । नेपालमा ७५० मिलि (४१.७%) को लागि अधिकतम मुल्य ५ हजार ४ सय कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री