बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पले ध्वस्त भएको लाप्राक,जो पुनर्निर्माणपछि यति सुन्दर बन्यो (फोटोफिचर)

बिहीबार, १२ वैशाख २०७६, १९ : ३४
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं–आज बैशाख १२ । विनाशकारी भूकम्प गएको ४ वर्ष वितेको छ । भूकम्पले ध्वस्त भएका वस्तीहरु पुननिर्माण हुने क्रम जारी छ । गोरखाको वारपार्क केन्द्रविन्दु भएर गएको उक्त भूकम्पले दर्जनौ जिल्लाका सयौं वस्तीहरु भग्नावशेश पारिदिएको थियो । सोही भूकम्पले गोरखाको लाप्राक गाउँ पनि ध्वस्त भएको थियो । तर अहिले लाप्राक जुरुक्कै उठेको छ । गैरआवासीय नेपाली संघको नेतृत्वमा लाप्राकलाई नयाँ ढंगले पुनर्निर्माण गरिएको छ ।  ४ वर्षअघि ध्वस्त भएको लाप्राक निकै सुन्दर वस्ती बनेको छ ।

वस्ती हेर्न आन्तारिक र बाह्य पर्यटकहरुको लर्को लाग्ने गरेको छ । लाग्छ, लाप्राकले स्वर्ग बिर्साउँछ । विनासकारी भूकम्प गएको चौथो वर्षको  अवसरमा बिहीबार लाप्राकको गुप्सीपाखामा निर्माणाधिन लाप्राक एकिकृत नमूना बस्तीमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट नेतृत्वको टोलीले लाभग्रहीहरुसंघ अन्तरक्रिया समेत गरेको थियो। अध्यक्ष भट्टले नमूना बस्तीको रंगरोगनसहित बाह्य संरचना सम्पन्न भएको बताएका छन् । उनले उक्त वस्तीलाई छिट्टै नै बिशेष कार्यक्रम गरी हस्तान्तरण गर्ने तयारीमा  रहेको समेत जानकारी दिएका छन् । तस्विरः भवन भट्टको फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप