शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'प्रदीप खड्कासँग ‘डेट’ जाने इच्छा छ'

शुक्रबार, २४ जेठ २०७६, १२ : १७
शुक्रबार, २४ जेठ २०७६

मोडल तथा अभिनेत्री हुन् श्रेया कार्की । केही वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘बागमती’बाट अभिनयमा डेब्यु गरेकी श्रेयाको त्यसपछि कुनै पनि फिल्म आएको छैन । तर म्युजिक भिडियो भने थुप्रै आएका छन् । नवगायिका सृजनाको ‘पवन बनेर’बोलको गीतबाट म्युजिक भिडियो अभिनय सुरु गरेकी श्रेयाले अहिलेसम्म करिब तीन दर्जनभन्दा बढी म्युजिक भिडियो अभिनय गरेकी छन् ।

आफ्नो अध्ययनलाई डिस्टर्ब हुने देखेर फिल्मभन्दा म्युजिक भिडियो अभिनय अगाडि बढाइरहेकी श्रेया २०१३ बाट यो फिल्डमा होमिएकी हुन् । ‘मिस टिन २०१३’ मा सेकेन्ड रनर अप बिजेता भएपछि आफ्नो अभिनयमा रुचि बढेको उनले बताइन् । उनी अहिले टेलिभिजनबाट प्रसारण हुने टेलिशृङ्खला ‘डियर जिन्दगी’ अभिनय गरहेकी छन् । बौद्ध जोरपाटीकी स्थायी बासिन्दा श्रेयासँग रातोपाटीका दस प्रश्न ।

कलाकारितालाई कसरी बुझ्नुभयो ? 
– यो क्षेत्र राम्रो छ । त्यसैले पनि यसलाई निरन्तरता दिइरहेको हो । यो क्षेत्रमा मिहिनेत त गर्नुपर्छ । तर धेरै कुरा सिक्न र अगाडि बढ्न सकिन्छ ।

अभिनय किन रोजाइमा पर्यो ?
– केटी मानिसको सानैदेखि नक्कलझक्ल गर्ने, अभिनय गर्ने बानी हुन्छ । म पनि त्यस्तै थिएँ । तर अभिनयमा आइहाल्छु भन्ने थिएन । जब एसएलसी दिए । त्यसपछि ‘मिस टिन २०१३’मा भाग लिए । यो प्रतियोगिताको सिलसिलामा फोटोसुट लगायत विभिन्न क्रियाकलाप गर्दागर्दै रमाइलो लाग्न थाल्यो । खुसी मिल्न थाल्यो । आफूले आफैलाई राम्रो फिल गर्न थाले । कलाकारिता नै मेरा लागि ठीक पेसा हो भन्ने लाग्यो । त्यसैले अभिनयमै होमिएँ ।

कलाकारिताको पहिलो आम्दानी ?
– अभिनयमा डेब्यु ‘बागमती’ भन्ने फिल्मबाट भयो । तर पहिलो पटक पारिश्रमिक हात परेको भनेको म्युजिक भिडियोबाट हो । म्युजिक भिडियो अभिनयबाट १० हजार पाएको थिए । त्यो पैसा घरमा लगेर बुझाए । फिल्म अभिनयको पैसा धेरै पछि पाए ।

फिट्नेस गर्नुहुन्छ ?
– पहिले फिटनेसमा खासै ध्यान थिएन । अहिले दिन थालेकी छु । कलाकारितामा लागेपछि आफ्नो बडी पनि मेन्टेन गर्नुपर्छ । जसरी पनि आफूले आफूलाई राम्रो देखाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।

फेसनमा रुचि त पक्कै होला ?
– चलेको फेसनको फलो गर्नेभन्दा पनि म आफूलाई कम्फर्टेबल पहिरन प्रयोग गर्छु । त्यसैले बढी प्रयोग गर्ने भनेको क्याजुअल पहिरन नै हो । म राम्री र हट भने वान पिसमा देखिन्छु । 

सपना ?
– अभिनय रोजेकी छु । कसरी हुन्छ यो फिल्ममा आफूलाई अगाडि बढाउने हो । कलाकारितामा स्थापित भएर नाम दाम कमाउने सपना छ । 

मनपर्ने केटा ?
– सबैलाई आदर गर्ने, बुझक्की केटा राम्रो लाग्छ ।

प्रेम त पक्कै होला ?
– छैन, छैन । अहिले म आफ्नो करियरमा फोकस भएर लागि परेको छु । पहिला आफू बनेपछि मात्र अरूका बारेमा सोच्न सकिन्छ । हैन र ?
  
कस्ती केटी ?
– धेरै इच्छा भएकी, जोस र जाँगरले भरिएकी सिम्पल गर्ल भन्दा हुन्छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– अभिनेता प्रदीप खड्कासँग डेट जाने इच्छा छ । उहाँ राम्रो, समर्पित र लगनशील केटा जस्तो लाग्छ । उहाँसँग डेट जान पाइयो भने धेरै कुरा सिक्न सकिन्छ जस्तो लागेको छ । अभिनयमा पनि उहाँसँग नै स्क्रिन सेयर गर्न मन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप