शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यी सेलिब्रिटीको मृत्युको झुटो खबरले जब सोसल मिडियामा खैलाबैला मच्चियो

बिहीबार, ३० जेठ २०७६, १० : २७
बिहीबार, ३० जेठ २०७६

बलिउड सेलिब्रिटीको मृत्युको अफवाह फैलनु कुनै नयाँ मामला होइन । हालै ऋतिक रोशनकी दिदी सुनैनाको स्वास्थ्य स्थिती अत्यधिक नाजकु भएको खबर फैलिएको थियो । यसबारे सुनैनाले आफू सकुशल भएको र अस्पतालमा भर्ना नभएको भन्दै स्पष्टिकरण दिइन् । यस्तो भएको यो नौलो घटना भने होइन । यसअघि ऐश्वर्या राय, अमिताभ बच्चन, लता मंगेशकर र माधुरी दिक्षितको मृत्युको अफवाहले पनि सोसल मिडियामा सनसनी मच्चाइसकेको छ ।

केही वर्ष अघि सोसल मिडियामा अचानक एउटा भिडियो भाइरल हुनथाल्यो जसमा भनिएको थियो ऐश्वर्याले आत्महत्याको कोसिस गरिन् । उक्त खबरमा अमिताभ बच्चन र जया बच्चनसँग एक विवादका कारण ऐश्वर्याले उक्त कदम उठाएको बताइएको थियो ।

माधुरी दिक्षित पनि यस्तै अफवाहको शिकार भइसकेका छन् । हृदयघात भएका कारण माधुरी दिक्षितको निधन भएको बताइएको थियो । पछि माधुरी आफैंले आफ्नो मृत्युको खण्डन गरेकी थिइन् ।

सन् २०१२ मा खबर आएको थियो कि एक कार दुर्घटनामा अमिताभ बच्चनको मृत्यु भयो । एउटा ब्लगले यसबारे दाबी गरेको थियो जुन निकै भाइरल भयो तर खबर सार्वजनिक भएको केही समयपछि नै यो गलत साबित भयो ।

रजनीकान्त सन् २०१२ मा ब्रोनकाइटिस र भाइरल इन्फेक्सनका कारण अस्पताल भर्ना भएका थिए । त्यति नै बेला उनको निधनको अफवाह फैलिएको थियो ।

सन् २०१३ मा एक फेसबुक पेजले कट्रिना कैफको मृत्युको खबर दिएको थियो । पछि कट्रिनाका प्रतिनिधीले उनी पूर्ण रुपमा स्वस्थ भएको स्पष्टिकरण दिएका थिए ।

एक युरोपियन न्यूज नेटवर्कले एक रिपोर्टमा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको दाबी गर्यो । यो अफवाह त्यतिबेला फैलियो जब शाहरुख मुम्बईमा एक फिल्मको सुटिङ गरिरहेका थिए ।

दिलिप कुमारको निधनको खबर एकपटक होइन धेरैपटक फैलिसकेको छ । सन् २०१३ मा हृदयघात भएका कारण उनी अस्पतालमा भर्ना भएका थिए ।

बलिउड नायिका नन्दाको निधनपछि लगा मंगेशकरको निधनको अफवाह फैलन थालेको थियो । यो खबर सोसल मिडियामा भाइरल भइरहेको थियो । लता आफैंले ट्वीटरमार्फत् उक्त खबरलाई गलत बताइन् ।

यसका साथै, आशा पारेख, आयुष्मान खुराना, नाना पाटेकर, हनी सिंह, शक्ति कपुर र बप्पी लहरीसम्मको मृत्युको गलत खबर फैलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप