गुडिरहेको मोटरसाइकलबाट खस्दा मृत्यु
शनिबार, ०७ असार २०७६, २० : ३६
बुटवल–अर्घाखाँचीको पाणिनि गाउँपालिका दुर्गाफाटमा गुडिरहेको मोटरसाइकलबाट खस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाणिनी गाउँपालिका ३ खिदिम निवासी ४२ वर्षीय सुशीला आचार्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
लु ३६ प ६९८० नम्बरको मोटरसाइकलबाट बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको हो।
मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार