फेरि सर्यो ‘दयारानी’,अब आमासँग भिड्ने
काठमाडौं– प्रदर्शनको समय निर्माता निर्देशकलाई अर्काे फिल्मको डर भएपछि फिल्म प्रदर्शनमा ल्याउन कठिन पर्ने गर्दछ । यस्तै अवस्था अहिले फिल्म ‘दयारानी’को निर्माता निर्देशकलाई पनि परेको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनित यो फिल्मको प्रदर्शन मिति लगातार फेरबल भइरहेको छ । सुरुमा १० जेठबाट आउने भनिएको यो फिल्म सरेर साउन ३० पुगेको थियो । तर अहिले पनि यो मितिबाट सरेर फिल्म फागुन ९ मा पुगेको छ ।
३० साउनमा फिल्म ‘हजार जुनी’ आएपछि यो सरेर फागुन ९ मा पुगेको हो । फागुन ९ बाट भने अव फिल्म नसर्ने निर्माण युनिटले जनाएको छ । खराब श्रीमान् र दयालु श्रीमतीको कथा समेटिएको फिल्ममा दयाहाङ र दीयाको अलवा विजय बराल, पुष्कर गुरुङ, डिबी गुरुङ, प्रमिश गुरुङ, शिरिसा कुवर, नयन गुरुङ, टिकाराम घले, कृष्टि गुरुङ लगायतको समेत अभिनय रहेको छ ।
शैलेन्द्र डी.कार्कीको छायाँकन, राजनराज शिवाकोटी र बिनोद बाँनियाको संगीत, विक्रम स्वारको कोरियोग्राफी रहेको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल त्रिपाठी हुन् । फिल्म माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो । फिल्म भदौ ९ मा प्रदर्शनमा आउने भएपछि यसले व्यवसाहिक रुपमा दीपेन्द्र के खनालको ‘आमा’ सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट