केन्द्रीय संस्करण

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

person explore access_timeभदौ ७, २०७६ chat_bubble_outline1
file photo

अर्घाखाँची । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मुलुकको समृद्धिको जग बसालिसकेको र यसको परिणाम केही समयमै देखिने बताएका छन् । 

राजनीतिक अधिकारप्राप्तिको लडाईं पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकास रहेको भन्दै मन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रलाई बलियो बनाएर उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिलाई साकार पारिनेसमेत बताए ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा रेडियो शीतगङ्गा तथा खुला तीज गीत प्रतियोगितामा शनिबर उनले सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिल्यै नगर्ने बताए। 

सरकारले विकास गरेन भनेर भन्ने दूरप्रचार भइरहेको बताउँदै उनले सरकारले गरेका कामलाई राम्रोसँग नियाल्न आग्रह गरे । सरकार अब खरोरुपमा उत्रने बताउँदै उनले निर्वाचनमा सरकारले गरेका कामको मूल्याङ्कन जनताले नै गर्ने र जनताको परीक्षामा उत्तीर्ण भएरै छाड्ने बताए । 

कसैले गलत प्रचार गरेर सरकारलाई कुनै प्रवाह नहुने बताउँदै उनले सरकारले समृद्धिका आधार तय गरिसकेको र तिनलाई साकार पार्न निजी र सहकारी क्षेत्रसँग पनि सहकार्य गर्नेगरी योजना बनाइरहेको बताए ।

मन्त्री बाँस्कोटाले सातदशक लामो सङ्कल्पलाई यही सरकारले साकार पार्ने गरी काम गरिरहेको र विरोधीले भ्रम सिर्जना गरेको जस्तो सुतेर नबसेको प्रष्ट पारे । 

उनले मुलुकको आर्थिक विकासको क्षेत्रमा सरकारले गरेको कामले उल्लेख्य उपलब्धि हासिल गरेर मुलुकको आर्थिक वृद्धिदर ७।१ प्रतिशत हासिल गरेको र आगामी वर्ष आर्थिक वृद्धिदरलाई ८।५ प्रतिशतसम्म पु¥याउने लक्ष्य लिएर काम गरिरहेको बताए । 

जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहको बताउँदै उनले गरीबी र समाजमा ब्याप्त कुरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताए ।

विकास निर्माणका कामलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उाले विकासका काममा कुनै पनि प्रकारको राजनीति नहुने प्रष्ट पारे । 

कपाले जनादेशको उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले कुनै पनि बहनामा धोका नदिइने र जनचाहनाअनुरुपकै काम अगाडि बढाइने बताए ।

 मन्त्री बाँस्कोटाले आमसञ्चारका माध्यम र पत्रकारिता क्षेत्रलाई अझ जवाफदेही, जिम्मेवार र पारदर्शी बनाउन आवश्यक रहेको बताए । 

उनले सरकारले प्रस्ताव गरेको विधेयकले आमसञ्चारलाई नै बलियो बनाउ ल्याइएको बताए । 

मन्त्री बाँस्कोटाले भने, ‘भ्रामक खबर छाप्ने, पूर्वाग्रह राख्ने, असत्य मात्रै लेख्ने र त्यही असत्यलाई पुष्टि गर्न कैयन झुठ बोल्ने र लेख्ने पनि छन् । यस्तै गलत काम गर्नेलाई जवाफदेही बनाउनका लागि नै विधेयक ल्याउन लागिएको हो ।’ 

अर्घाखाँचीमा एक वर्षमा फोर जी सेवा विस्तार गर्ने बताउँदै उनले नेपालकै सबैभन्दा ठूलो नगरपालिका शीतगङ्गा नगरपालिकामा नेपाल टेलिकमको ल्याण्ड लाइन सेवा विस्तार गर्ने बताए । 

कमेन्ट

  1. Aug. 24, 2019, 10:38 p.m. surya rogu
    bhat mara khate ....
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...