आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पन्ध्र वर्षपछि श्रीमतीको हत्यारा पक्राउ

शुक्रबार, २७ भदौ २०७६, १९ : १४
शुक्रबार, २७ भदौ २०७६

महोत्तरी – श्रीमती बेचनीदेवीलाई हत्या गरी फरार भएका महोत्तरी औरही नगरपालिका–२ का विनोदसादा मुसहरलाई १५वर्षपछि इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

विनोदले २०६१ साल कात्तिक १८ गते बञ्चराको पासोले हानेर श्रीमतीको हत्या गरेका थिए । हत्यालगत्तै फरार भएका बिनोद बिहीबार साँझ घर आएको बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घरायसी भनाभनमा विनोदले ४० वर्षीया पत्नीलाई बञ्चरो हानेर हत्या गरेको घटना अभिलेखले देखाएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले बताए। विनोदलाई घटनाको मिसिलसहित जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप