फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ छ । गत साताको शुक्रबार तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ थियो ।
यसअघि गत साताको शुक्रबार पनि सुनको मूल्य बढेको थियो । विहीबारको तुलनामा २३ सय रुपैयाँले बढेर शुक्रबार कारोबार थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघले सुनको मूल्य बढेपनि चाँदीको तोलामा १० रुपैयाँले घटेको छ ।
यससँगै आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँ छ । गत शुक्रबार यसको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण