आमिर खानले गरे ‘सरफरोश २’को घोषणा
नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानको फिल्म सरफरोश रिलिज भएको २५ वर्ष भयो । हालै फिल्मको २५ औँ वार्षिकोत्सव मनाउन एउटा ठुलो पार्टीको आयोजना गरिएको थियो । रेडियो नाशाले आयोजना गरेको सरफरोसको स्क्रिनिङमा फिल्मका कलाकारहरू र फिल्म उद्योगका सेलिब्रेटीहरुको सहभागिता रहेको थियो ।
सरफरोशको स्पेशल स्क्रिनिङ मुम्बईको पीभीआर जुहूमा भएको थियो । यस कार्यक्रममा आमिर खानले सञ्चार माध्यमहरूसँग कुरा गर्ने क्रममा सरफरोश २ बारे खास घोषणा गरेका छन् । सही स्क्रिप्टको साथमा सही किसिमको फिल्म लिएर आउने कुरालाई गम्भीरताका साथ लिएको उनले कार्यक्रममा भनेका थिए । सरफरोश २ बन्नै पर्छ भन्ने आफूलाई पनि लागेको आमिरको भनाइ थियो ।
निर्देशक जोन म्याथ्यू माथन सरफरोसको दोस्रो पार्टमा काम गरिरहेको हल्ला धेरै वर्षदेखि चलिरहेको थियो । कुनै बेला यो फिल्ममा अभिनेता जोन अब्राहम मुख्य भूमिकामा रहने खबर पनि आएको थियो । तर सन् २०२० मा जोन आफैँले सरफरोशको सिक्वेलमा आफूले काम गरी नरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण