क्लब भिक्ट्रीको आगलागी नियन्त्रणमा
आइतबार, २६ असोज २०७६, २० : ४६
काठमाडौँ - दरबारमार्गस्थित क्लब भिक्ट्रीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
साँझ साढे ६ बजेदेखि सुरु भएको आगो ३ घन्टापछि नियन्त्रणमा आएको हो । प्रहरीका अनुसार लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमासारिएको थियो ।
आगलागी नियन्त्रणका लागि दमकल, स्थानीयवासी र सुरक्षाकर्मीहरु खटिएका थिए जसमा आधा दर्जनभन्दा बढी दमकल प्रयोग गरिएको थियो ।
विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जानकारी दिएको छ । क्लब भिक्ट्रीमा पूर्ण रुपमा जलेको छ ।