चराको सहायताले मह खोज्ने जनावर
अफ्रिका र एशियामा एउटा यस्तो जनावर पाइन्छ, जसले चराको मद्दतले मह खोजेर खान्छ । यसको बदलामा यस जनावरले चरालाई महको मैन दिन्छ । यो जनावरको नाम हो– हनी बाडगर (Honey badger) । यसलाई राटेल्स (Ratels) पनि भन्ने गरिन्छ ।
यो जनावरको लागि एक जातिको चराले मह खोजिदिने काम गर्छ । जब त्यो चराले कतै मौरी वा अन्य त्यस्तै मह पार्ने कीराको घार वा गुँड फेला पार्छ, त्यसले विशेष आवाज गरेर यो जनावरलार्य डाक्ने गर्छ । यसरी उक्त चराले यो जनावरलाई मह भएको ठाउँसम्म डाकेर ल्याइपुर्याउँछ । त्यसपछि यो जनावरले महको चाका भत्काएर मह खान्छ र चराको लागि चाहिँ मैन छोडिदिन्छ । मह खाने यो जनावरको शरीरमा बाक्लो भुत्ला हुन्छ तर यसको टाउकोमा भने यसै परिवारका अन्य जनावरहरुको जस्तो सेतो पट्टी चाहिँ हुँदैन । यो जनावर आक्रामक र ह्रिसंक हुन्छ । यसले आफ्नो बचावको लागि पुच्छरमुनि हुने एउटा विशेष ग्रन्थीबाट नराम्रो दुर्गन्ध छाडेर आक्रमणकारीहरुलाई भगाउने गर्छ ।
Title Photo: https://www.kentonline.co.uk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको आपत्ति
-
रवि प्रकरण : बागमती प्रदेश सभा पनि ठप्प पार्ने कांग्रेसको चेतावनी, बचाउमा एमाले
-
मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ
-
विभिन्न भिसामा विदेश गएर काम गरिरहेकाहरूलाई अब ‘वैधानिकीकरण श्रम स्वीकृति’
-
नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर
-
राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज