मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ
सोमबार, ३१ वैशाख २०८१, २० : ४१
काठमाडौँ । मन्त्रालयको टुङ्गो नलागेपछि जनता समाजवादी पार्टी (जसपा)की सचिव रञ्जु ठाकुरले विनाविभागीय मन्त्रीको शपथ लिइनन् ।
जसपाले दुई मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको थियो । सोमबार एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएपनि रञ्जु ठाकुरले भने शपथ लिइनन् ।
मन्त्रालय नटुङ्गेपछि उनले विनाविभागीय मन्त्रीको शपथ नलिएको बताइएको छ । मन्त्रालयको टुगों लगाएपछि मात्र उनले शपथ लिने स्रोतले जनाएको छ ।
सोमबार जसपाबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खातुनलले शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण