राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैैंकले भुक्तानी सेवा प्रदायक कम्पनी इ–नेट पेमेन्टको इजाजपत्र (लाइसेन्स) खारेज गरेको छ ।
कम्पनीले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्थाबमोजिम संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरिएको बैंकले जनाएको हो ।
सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सूचना प्रकाशित भएको ३१औँ दिनदेखि लागू हुनेगरी कम्पनीको भुक्तानी सेवाको लाइसेन्स खारेज गरेको जनाएको छ । कम्पनीले २०७६/११/२१ गते भुक्तानी सेवा सञ्चालनको अनुमतिपत्र पाएको थियो ।
संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नु समेत केन्द्रीय बैंकले सोही सूचनाद्वारा सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण