बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल बंगलादेश बैंकद्धारा अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण

शुक्रबार, ०४ पुस २०७६, १८ : ३०
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं– नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कागेश्वरी मनहरा ६ काठमाडौँ स्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेको थियो । 

बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको थियो । 

बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरे । सो अवसरमा सो संस्थाका अध्यक्ष्य गोपल बहादुर कार्कीले सो सहयोगका लागि धन्यबाद ज्ञापन गरेका थिए ।

साथै बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप