क–कसले बनाएको थियो भारतमा मोडललाई बलि चढाउने योजना ? (नामसहित)
काठमाडौँ । झापाकी २० वर्षीया (नाम परिवर्तन) एन्जिलालाई नेपाल–भारतको बोर्डरमा लगेर बलि दिने योजना बनाएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई विराटनगराट र दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा दिल कुमारी बुढामगर, उमेश कुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश साह र रन्जित चौधरी रहेका छन् भने एकजनाको नाम खुलाइएको छैन् । प्रहरीका अनुसार ६ जना नै सुनसरी र मोरङ जिल्लाका हुन् ।
पक्राउ परेकामध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन् ।
एन्जिलालाई शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले उनीहरुको बलि दिने योजना असफल भएको प्रहरीको दाबी छ । प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।
रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले एन्जिलालाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार