सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

तीन नम्बर प्रदेशको राजधानीका विषयमा प्रदेश सांसदहरुबीच छलफल

बिहीबार, २४ पुस २०७६, १४ : ११
बिहीबार, २४ पुस २०७६

काठमाडौं । राजधानी टुंग्याउने विषयमा नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसेको छ  । बैठकमा प्रदेशको नामाकरण, राजधानी लगायतका विषयमा गम्भीर छलफल जारी रहेको बताइएको छ । 

आज हैटौंडास्थित संसदीय दलको कार्यलयमा बसेको बैठकले प्रदेशको राजधानी र नाम के राख्ने भन्ने विषयलाई टुंग्याउन गम्भीर छलफल भएको दलका मुख्य सचेतक रामेश्वर फुयालले जानकारी दिए  ।

बैठकमा प्रदेशको नामांकन, राजधानी लगायतका विषयमा एकमत देखिन थालिएको समेत फुयाँलले जानकारी दिए । आज बिहान ८ बजेदेखि १ बजेसम्म बैठक बसेको थियो । बैठक बिहीबार पनि बस्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप