अनलाइनमार्फत यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ
सोमबार, ३१ वैशाख २०८१, १८ : ३३
काठमाडौँ । अनलाइनमार्फत नाबालिका र किशोरीहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नम्बर–६ घर भएर गोकर्णेश्वरस्थित माकलबारी बस्ने अंजली अधिकारी छिन् ।
१९ वर्षीय अधिकारीले स्ट्रिप च्याटमार्फत नाबालिका र किशोरीहरूलाई लाइभ भिडियो च्याट गर्न लगाएर यौन व्यवसायमा लगाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
अनलाइनमा बसेर अंग प्रदर्शन गरेर पुरुषहरूलाई मोहित बनाएर उनले यौनधन्दा सञ्चालन गरेकी हुन् । अधिकारीविरुद्ध प्रहरीले बालबालिका सम्बन्धी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण