विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ
बुधबार, ०८ माघ २०७६, १४ : २९
सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
प्रहरीले मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा चन्द समूहको सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी लिगको उपाधि अल हिलाललाई
-
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
-
उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरप्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज