साउदी लिगको उपाधि अल हिलाललाई
काठमाडौँ । साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो ।
अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए । हिलालले१ गोल भने उपहार पाएको थियो । हाजमा अहमद अल जुवेदले उपहार गोल दिएका हुन् । यसैगरी हाजमका फैज सेलमानीले एक गोल फर्काए ।
अल हिलालका लागि मिट्रोभिकले १५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा अल हाजमका फैल सेलमानीले गोल गर्दै बराबरी गरेका थिए ।
पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा मिट्रोभिकले व्यक्तिगत दोस्रो गोल गर्दा हिलाल ३–१ ले अघि बढ्यो । पहिलो हाफकै अतिरिक्त छैटौं मिनेटमा सेर्गेज मिलिन्कोभिकले गोल गरेपछि पहिलो हाफमै हिलाल ४–१ ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल नभएपछि अल हिलाल ४–१ ले जित निकाल्दै तालिकामा ३ अङ्क थप्न सफल भयो । जितपछि अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलबाट ८९ अङ्क बनाएको छ ।
दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलबाट ७७ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अङ्कले अघि रहेपछि ३ खेल अगावै उपाधि पक्का गरेको हो । अल हिलालको १९औँ लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले समान ९–९ पटक लिगको उपाधि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण