फ्राइडे रिलिज : देशभर एक्लै आयो ‘दि कर्मा’
काठमाडौं । केही सातायता नयाँ फिल्म रिलिजका लागि निर्माताहरु तछाडमछाड गर्न छोडेका छन् । सायद, त्यसैले पनि होला केही सातायता फ्राइडे रिलिज अन्तरगत एकमात्र फिल्म रिलिज हुन थालेका छन् ।
फ्राइडे रिलिजको परम्परा धान्दै यो साता अर्थात आज शुक्रबारबाट एकमात्र फिल्म ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । देशभर एकल रिलिजको अवसर पाएको यो फिल्म देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
परमिता आरएल राणा, करण वर्मा, नीता ढुङ्गाना, बुद्धी तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्म जयराज रायले निर्माण गरेका हुन् ।
चलचित्र सेन्सरबोर्डबाट पिजी सटिफिकेट पाएको फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना बिषयको रुपमा उठाएको छ ।
अभिनेत्री परमिताले नेगेटिभ भुमिका निर्वाह गरेको यो फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । रायसँगै श्रीदेव बि.एल. र नीशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बन्ने कागजमा सम्झौता नगरेपछि यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ : ओली
-
रन्जुले डेनमार्कमा सिकाइन् मिथिला चित्र
-
नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य
-
जुवातास खेलिरहेका ८ जना पक्राउ, हतियार पनि बरामद
-
दुई किलो ५ ग्राम चाँदीसहित भारतीय महिला पक्राउ
-
श्रीमानलाई जोगाउन जाँदा करेन्ट लागेर श्रीमतीको मृत्यु