आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगरमा बुद्धको रात्रिकालीन उडान पुनःसञ्चालन

आइतबार, १९ माघ २०७६, ११ : ३०
आइतबार, १९ माघ २०७६

विराटनगर– बुद्ध एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालीन उडानलाई पुनः सञ्चालन गरेको छ । यसअघि मौसम तथा भिजिविलिटीका कारण उडान स्थगित गरिएको थियो । 

फेब्रुअरी १ (माघ १८) देखि काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७ः३५ मा सुरु भएको हो । 

यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकेर विराटनगर फर्किने यात्रुहरुलाई पक्कै फाइदा पुग्ने कम्पनीले विश्वास लिएको छ । 

कम्पनीले वेवसाईट www.buddhaair.com र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक छुट पनि पाईने जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप