पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
पोखरा । पोखरा महानगरपालिकामा ३ अर्ब ३ करोड ९१ लख १३ हजार रुपैयाँ बेरुजु छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९-८० मा मात्र ७९ करोड ४९ लाख ८० हजार रुपैयाँ बेरुजु थपिएको छ ।
हरेक वर्ष बेरुजु थपिने र फर्स्यौट नहुने अवस्था बढेपछि महानगर अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर्न निर्देशन दिएको छ । समितिको बैठकले असुल गर्नुपर्ने बेरुजु नतिर्नेहरूको तीनपुस्ते सार्वजनिक गरेर भएपनि रकम उठाउन भनेको हो ।
समितिका सभापति झपट रानाभाटले बेरुजु भ्रष्टाचारको एउटा पाटो भएकाले भ्रष्टाचारमुक्त महानगर बनाउन यस्तो गरिएको सुनाए । समितिकै सिफारिसमा महालेखा परीक्षकको कार्यालयले ५४ करोड ८९ लाख ७९ हजार रुपैयाँ बेरुजु फर्स्यौट गरिदिएको छ । समितिले ७३ करोड ५० लाख बेरुजू फर्छ्यौट गर्नका लागि सिफारिस गरेको तर केहि घटाएर बेरुजू नियमित गरिदिएको रानाभाटले बताए ।
‘बेरुजुका प्रकार छन् । असुल गर्नुपर्ने बेरुजु जसरी पनि उठाउनै पर्छ,’ उनले भने, ‘यसअघि पनि असुल गर्नुपर्ने बेरुजु बारे महानगरले खासै वास्ता गरेको छैन । तिर्नुपर्ने पनि चुपचाप छन् । त्यसैले समितिले चासो लिएको हो ।’ समितिले कार्यपालिकालाई असुलउपरका लागि चासो लिन र ताकेता गर्न निर्देशन दिएको छ ।
समितिका सदस्यहरूले बेरुजूका कारण पोखरा महानगरको बदनामी भएको र यसले दण्डहीनतालाई प्रश्रय दिएको भन्दै तत्काल बेरुजू असुलउपर गर्नुपर्नेमा जोड दिए । ‘बेरुजू तिरे ठिक छ । नभए नतिर्नेको चाहिँ सञ्चारमाध्यमबाटै तीनपुस्ते सार्वजनिक गर्न निर्देशन दिएका छौं,’ रानाभाटले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण