बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकले सुरु गर्यो ‘वित्तीय जागरण अभियान’

मङ्गलबार, २१ माघ २०७६, १३ : १२
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले यही माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले गल्छी गाँउपालिका वडा नं ९ बैरेनी स्थित गाउँपालिका भवनमा गरेको थियो ।

त्यसैगरी, बैंकले माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय धुनीवेशी ९ धार्केमा वित्तीय जागरण कार्यक्रम गरेको थियो ।

दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट,व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । 

कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकसँग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । 

मुक्तिनाथ विकास बैंकले ‘आजकोे आवश्यकता, सबैमा वित्तिय साक्षरता’ भन्ने आशय सहित समुदाय र विद्यालय स्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप