अब बागमती प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने
काठमाडौं । बागमती प्रदेशले विद्युतीय बस सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसअघि सङ्घीय सरकारले विद्युतीय बस सञ्चालनको रणनीति बनाएपनि साझा यातायातबाट पैसा फिर्ता लिने नीति लिएसँगै प्रदेश सरकारले आफैले विद्युतीय बस सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।
बागमती प्रदेशले छुट्टै स्वायत्त निकाय स्थापना गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।
यसअघि प्रदेश सरकारले बस सञ्चालनका लागि साझालाई ३० करोड रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर संघीय सरकारले नै साझालाई दिएको तीन अर्ब फिर्ता गरेसँगै प्रदेश सरकारले पनि साझालाई रकम नदिने भएको हो ।
अहिले प्रदेश सरकारले यहि रकमको प्रयोग गर्दै आफैं विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ ।
विद्युतीय बस खरिदसँगै प्रदेश सरकारले अब प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी समेत गरेको छ । यसका लागि आवश्यक छलफल भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चतुर एन्चेलोटीले कसरी टारे ब्राजिलको संकट ?
-
वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण