अब बागमती प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने

काठमाडौं । बागमती प्रदेशले विद्युतीय बस सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसअघि सङ्घीय सरकारले विद्युतीय बस सञ्चालनको रणनीति बनाएपनि साझा यातायातबाट पैसा फिर्ता लिने नीति लिएसँगै प्रदेश सरकारले आफैले विद्युतीय बस सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।
बागमती प्रदेशले छुट्टै स्वायत्त निकाय स्थापना गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।
यसअघि प्रदेश सरकारले बस सञ्चालनका लागि साझालाई ३० करोड रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर संघीय सरकारले नै साझालाई दिएको तीन अर्ब फिर्ता गरेसँगै प्रदेश सरकारले पनि साझालाई रकम नदिने भएको हो ।
अहिले प्रदेश सरकारले यहि रकमको प्रयोग गर्दै आफैं विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ ।
विद्युतीय बस खरिदसँगै प्रदेश सरकारले अब प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी समेत गरेको छ । यसका लागि आवश्यक छलफल भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज