सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म

सोमबार, १५ असार २०८३, २२ : ०१
सोमबार, १५ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा गुटबन्दी छताछुल्ल भएको छ ।
  • देशभर असार १५ मा धान दिवस मनाइयो, विभिन्न कार्यक्रम गरिए ।
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ पार्टी बनाउने हल्लाको खण्डन गरेका छन् ।

आज २०८३ असार १५ गते साेमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • रवि–बालेनकाे चेतावनी

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशन गुटबन्दी अन्त्य गर्न असफल देखिएको छ । चितवनको भरतपुरमा निर्धारित मिति (असार ७–९) भन्दा तीन दिन ढिला गरी असार १२ गते सम्पन्न महाधिवेशनमा गुटबन्दी सार्वजनिक रूपमै छताछुल्ल भयो ।

  • ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनावाद’ पुस्तक विमोचन 

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ पार्टी बनाउन लागेको आरोपको खण्डन गरेका छन्। 

थप 

  • नेकपा बैठक 

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल वाम एकता नहुने स्पष्ट पारेका छन्। 

थप 

  • अदालत 

विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

थप 

  • निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जेठ १२ गते सबै मन्त्रालयलाई ‘निर्णय कार्यान्वयन सम्बन्धमा’ शीर्षकमा परिपत्र गर्दै असार ७ गतेभित्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) कार्य सम्पन्न गर्न निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन हुन नसकेको पाइएको छ।

थप 

  • कम्पनी ऐनको मस्यौदाले सेयर बजारमा तरङ्ग 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको ‘कम्पनी ऐन, २०८३’ को मस्यौदाले पुँजी बजारमा ठूलो तरङ्ग सिर्जना गरेको छ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट (रातोकिताब) सच्याएर ‘सन्तुलन मिलाउनु पर्ने’ दबाब दिइरहेका सत्ता पक्षका सांसदलाई नै अप्ठ्यारोमा पार्ने सरकारले तयारी गरेको छ ।

याे पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप