बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन

बिहीबार, ०४ असार २०८३, ०३ : ०८
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को पहिलो खेलमा कङ्गोसँग बराबरीमा रोकिएपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छन् ।
  • सामाजिक सञ्जालमार्फत रोनाल्डोले टोलीको मनोबल उच्च राख्न प्रेरित गर्दै भने, 'हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन ।'
  • विश्वकपका ६ संस्करणमा गोल गर्ने कीर्तिमान बनाउने लक्ष्यमा रहेका रोनाल्डोले यस खेलमा गोल गर्न नसके पनि टोलीको यात्रा बाँकी रहेको सन्देश दिएका छन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोसँग अप्रत्याशित बराबरीमा रोकिएपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छन् ।

खेल सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिँदै स्ट्राइकर रोनाल्डोले टोलीको मनोबल उच्च राख्न प्रेरित गरेका हुन् । उनले लेखेका छन्, ‘हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन । शिर उच्च राख्नुहोस् र अर्को खेलमा ध्यान केन्द्रित गर्नुहोस् ।’

बुधबार राति ह्युस्टनमा भएको समूह ‘के’ को खेलमा पोर्चुगलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । खेलको छैटौं मिनेटमा जोआओ नेभेसको गोलमार्फत पोर्चुगलले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा कंगोका योआने विसाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

विश्वकपका ६ वटा फरक–फरक संस्करणमा गोल गर्ने ऐतिहासिक कीर्तिमान बनाउने लक्ष्यका साथ मैदान उत्रिएका रोनाल्डोले यस खेलमा गोल गर्न नसके पनि आफ्नो टोलीको यात्रा अझै बाँकी रहेको भन्दै सन्देश दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप