मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

मनसुन थप सक्रिय,  आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मङ्गलबार, १६ असार २०८३, ०६ : ३१
मङ्गलबार, १६ असार २०८३

सारांश

  • आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धैेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
  • मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

काठमाडौँ । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै  स्थानमा  मध्यमदेखि भारी  वर्षा भइरहेको छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना  रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । 

आज र भोलि मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । 

बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो । 

भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको  जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप