वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी
सारांश
- मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तु संरक्षणका लागि संघ र प्रदेश सरकारको बजेट अपुग रहेको बताएका छन्।
- मन्त्री चौधरीले सीमित बजेटमा पनि संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको स्वीकार गर्दै सञ्चारमाध्यम र नागरिकको खबरदारीलाई सकारात्मक रूपमा लिने बताए।
- कार्यक्रममा वन विनाशले वन्यजन्तुको वासस्थान नष्ट भई मानव-वन्यजन्तु द्वन्द्व बढेको र वन क्षेत्र अतिक्रमणमुक्त गर्नुपर्नेमा जोड दिइएको थियो।
जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका छन्।
डिभिजन वन कार्यालय धनुषाले चुरे नदी प्रणाली संरक्षण सरोकार समिति र नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा आयोजना गरेको वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सीमित बजेटका बाबजुद संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताए।
उनले प्रदेश सरकारबाट केही कमजोरी भएको स्वीकार गर्दै सरकारलाई खबरदारी गर्ने दायित्व सञ्चारमाध्यम र नागरिकको रहेको बताए। तथ्य र प्रमाणका आधारमा गरिने आलोचनालाई आफूले सकारात्मक रूपमा लिने उनको भनाइ थियो।
प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयशवालले वन विनाशका कारण वन्यजन्तुको प्राकृतिक वासस्थान नष्ट हुँदा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको बताए। वन संरक्षण भए मात्र वन्यजन्तुको दीर्घकालीन संरक्षण सम्भव हुने बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्णले वन्यजन्तुको वासस्थानमा मानव बस्ती विस्तार र बढ्दो मानवीय गतिविधिका कारण वन्यजन्तु समस्यामा परेको उल्लेख गर्दै वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सोमप्रसाद शर्मा, चुरे नदी प्रणाली संरक्षण सरोकार समितिका कार्यवाहक अध्यक्ष अमरेन्द्र कुमार यादवलगायतले वन तथा वन्यजन्तु संरक्षणका विविध पक्षमा धारणा राखेका थिए।
कार्यक्रमका अध्यक्ष तथा डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले वन संरक्षणको विकल्प नरहेको उल्लेख गर्दै पछिल्ला वर्षमा वन क्षेत्र विस्तार हुनुका साथै बाघलगायत वन्यजन्तुको संख्या पनि बढ्दै गएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय
-
बोलेकै आधारमा सुकुमबासीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
-
मन्त्री रावल र मधेसका मुख्यमन्त्री यादवबिच भेटवार्ता
-
‘गोल मेसिन’ हालान्डलाई आइभोरी कोस्टले रोक्न सक्ला ?
-
अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार
-
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण