रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
सारांश
- रौतहट प्रहरीले अदालतले दोषी ठहर गरेका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
- विशेष अभियान अन्तर्गत चेक अनादर, कुटपिट र लेनदेन मुद्दाका प्रतिवादीलाई पक्राउ गरिएको हो।
- पक्राउ परेका प्रतिवादीलाई जरिवाना असुल र फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइनेछ।
रौतहट । जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै दण्ड जरिवानासमेत गरेपनि लामो समयदेखि लुकिछिपी बस्दै आएका १० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले सोमवार चेक अनादर, कुटपिट तथा लेनदेन बिगो मुदाका १० जना फरार प्रतिवादी लाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दामा गरुडा नगरपालिका ५ का ओमनाथ गिरी, शिवशंकर पाण्डे, राकेश कुमार जैसवाल, शिवशंकर पाण्डे,३ का पनिलाल सहनी वडा ५ का शिवशंकर पाण्डे रहेका छन्।
त्यस्तै कटहरिया ७ का सोनालाल भगत, माधव नारायण ४ का परशुराम यादव, राजदेव यादव र गढीमाई ९ का राम ईश्वर सहनी रहेको प्रहरीले जनाएको छ।
अदालतले तोकेको ६ हजार ७०० जरिबाना असुल र फैसला कार्यान्वयनका लागि मंगलवार सम्पूर्ण प्रतिवादीलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण