देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
सारांश
- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीले २०८१ असार १५ गते दही चिउरा खाने बहानामा बालकोट पुगेर ओली निवासमै बसेर प्रचण्ड सरकार ढाल्ने सैद्धान्तिक सहमति गरेका थिए।
- सोही सहमतिको आधारमा असार ३० गते प्रचण्ड सरकार विस्थापित भयो र कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बने, जसले नेपालको राजनीतिमा नयाँ मोड ल्यायो।
- जनअसन्तुष्टि, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र युवा आन्दोलनमा सरकारी दमनपछि ओली सरकार विघटन भयो र निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ मत ल्याएर सरकार गठन गर्यो।
काठमाडौँ । आज असार १५ अर्थात् दही चिउरा खाने दिन । संस्कृतिविदका अनुसार परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने प्रचलन सुरु भएको मानिन्छ । तर, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीका लागि दही चिउरा खाने खुशीयालीले निकै कालान्तरमा महँगो साबित हुन पुग्यो।
२०८० साल फागुन २१ गते तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धन भत्किएको थियो । प्रधानमन्त्री तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरी सरकार बनाएका थिए । तर समकालीन राजनीतिका चतुर खेलाडी पूर्वप्रधानमन्त्री ओली जसरी पनि गठबन्धन भत्काएर आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा थिए । त्यतिबेला प्रचण्ड सरकारका गृहमन्त्री थिए, रास्वपाका सभापति रवि लामिछाने ।
लामिछानेले प्रचण्डकै सहमतिमा देउवा पत्नी डा.आरजु राणा लगायत प्रभावशाली नेताहरू पक्राउ गरी अनुसन्धान गर्न लागेको सूचना चुहिएपछि २०८१ साल असार १५ गते दही चिउरा खाने बहानामा आरजु र देउवा ओली निवास बालकोट पुगेका थिए ।
ओली निवासमै बसेर देउवा र ओलीले प्रचण्ड सरकार ढालेर कांग्रेस–एमालेको गठबन्धन सरकार बनाउने सैद्धान्तिक सहमति गरेका थिए । तर सत्ता समीकरण फेरबदल गर्ने योजना ओली, देउवा र राणाबिच मात्र सीमित राखिएको थियो ।
पूर्वयोजना अनुसार ओली र देउवा दम्पती असार १७ गते क्याप्टेन रामेश्वरा थापाको घरमा बसेर ७ बुँदे सहमति गरेका थिए । सहमति अनुसार दुई वर्ष ओलीले, बाँकी डेढ वर्ष देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो । मध्यरातमा भएको सहमति दुवै पक्षले पार्टीका शीर्ष नेताहरूलाई पनि जानकारी दिएका थिएनन् ।
त्यतिबेला समीकरण फेरबदल हुन लागेको चर्चाबिच प्रचण्डले ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर स्पष्टता खोजेका थिए । तर ओलीले सहमति भएको भोलिपल्टसम्म पनि देउवासँग सत्ता समीकरणको विषयमा कुनै सहमति नभएको ढाँटेका थिए ।
अन्ततः देउवा–ओलीबिच भएको त्यही सात बुँदे सहमतिको आधारमा असार ३० गते प्रचण्ड सरकार विस्थापित भयो । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बने । देउवा–ओलीबिच भएको त्यही सहमति नेपालको राजनीतिले नयाँ मोड लियो ।
अघिल्लो संसदका पहिलो र दोस्रो ठुला दलको नेतृत्वमा बनेको शक्तिशाली सरकारको गतिविधिबाट आम नागरिक सन्तुष्ट हुन सकेनन् । ओली सरकारले विपक्षी दलहरूसँग प्रतिशोध साध्ने तर सत्ता पक्षका नेताहरू जतिसुकै बदमासी गरे पनि कारबाही नहुने प्रवृत्ति हाबी हुँदै गयो । विपक्षी दल रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा पक्राउ गरियो । त्यतिमात्र नभई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोजन गरी काठमाडौँ, कास्की, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा सरकारले मुद्दा हाल्यो ।
सरकारका गतिविधिबाट असन्तुष्ट रहेका आम नागरिक बिस्तारै गोलबन्द हुँदै गए । सडकको असन्तुष्टिसँगै एमाले र कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गयो । २०८१ साल चैत १५ गते तीनकुनेमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सरकारले हस्तक्षेप गर्दा दुई जनाको मृत्यु हुनुका साथै आक्रोशित भिडले आगजनीको प्रयास गरेको थियो । तर सुरक्षाकर्मीको सक्रियताले त्यतिबेला धेरे क्षति हुन पाएन । तीनकुने प्रकरण नै जनअसन्तुष्टिको सङ्केत थियो भन्ने हेक्का ओली सरकारले बेलैमा विश्लेषण गर्न सकेन । राजावादी आन्दोलन दमन गरेको खुसीयालीमा विपक्षी दलहरूमाथि सरकार झन् आक्रामक बन्दै गयो ।
सरकार विरुद्ध बिस्तारै आक्रोश बढ्दै जाँदा सरकारले २०८२ साल भदौमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । बेथिति र भ्रष्टाचार विरुद्ध जेनजी युवाहरूले भदौ २३ गते नयाँ बानेश्वरमा शान्तिपूर्ण रूपमा गरेका आन्दोलनमाथि सरकारले चरम दमन गर्दा २३ जना युवाको हत्या भयो । आक्रोशित भिडले भोलिपल्ट देशको प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, मन्त्री निवास लगायत देशभरका सरकार सम्पत्ति, राजनीतिक दलहरूको कार्यालय, निजी निवास, व्यापारी प्रतिष्ठानमा आगजनी गरे ।
प्रधानमन्त्री ओली प्रधानमन्त्री निवासबाटै हेलिकप्टेर चढेर भागेका थिए । मन्त्रीहरू, सांसद, पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, राजनीति दलका शीर्ष नेताहरू सेनाको सहयोगमा सुरक्षित स्थानमा राखेको थियो । देउवा दम्पती बुढानीलकण्ठ निवासमै निर्घात कुटिए । ओली सरकार विघटन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । त्यही सरकारले संसद् विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा गर्यो ।
निर्वाचनमा रास्वपा झन्डै दुई तिहाइ मत ल्याएर सरकार गठन गर्दा कांग्रेस, एमाले, नेकपा, मधेसी दलहरू बढारिए । जेनजी विद्रोह पछि गगन थापाले विशेष महाधिवेशन बोलाएर पार्टी कब्जा गरे । गगन थापाको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि मान्यता दियो । जीवनको उत्तराद्र्धमा पार्टी र राज्यसत्ता गुमाएका देउवा दम्पती सिंगापुर हुँदै अहिले हङकङ रहेको बुझिएको छ ।
ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा बालेन शाहसँग पराजित भए । रास्वपाको सरकार बनेको भोलिपल्टै ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ समेत परे । देउवा दम्पतीविरुद्ध पनि सम्पत्ति शुद्धीकरण विभागले छानबिन अगाडि बढाइराखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
-
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण