‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
सारांश
- फिल्म ‘कङ्गाल करोडपति’मा अभिनेता मुकुन भुसालको जोडी सलिना तामाङ बन्ने भएकी छन् ।
- यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यु गर्नेछिन् ।
- सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ मा सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन् ।
काठमाडौँ । फिल्म ‘कङ्गाल करोडपति’मा अभिनेता मुकुन भुसालको जोडी सलिना तामाङ बन्ने भएकी छन् । निर्माण युनिटले सलिनालाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो ।
राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्नेछिन् । सलिनाले ‘कङ्गाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त फिल्म लागेकोले डेब्यु गर्न लागेको बताइन् ।
‘यस फिल्ममा एउटा पात्रको रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु। मेरो अभिनय र आउँदै गरेको यस फिल्मलाई सबैले धेरैभन्दा धेरै माया र साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु’, उनले भनिन्।
सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ मा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन्। सचदेव रणवीर कपूर अभिनीत ब्लकबस्टर फिल्म ‘एनिमल’ लगायत विभिन्न चर्चित फिल्ममा अभिनय गरिसकेका अभिनेता हुन्।
‘कङ्गाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदैछ। फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
-
लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
-
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण