सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता

सोमबार, ०८ असार २०८३, ०२ : ०१
सोमबार, ०८ असार २०८३

सारांश

  • स्पेनका १८ वर्षीय लामिन यामलले फिफा विश्वकप २०२६ मा साउदी अरेबियाविरुद्ध गोल गर्दै विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता बनेका छन् ।
  • यामलले मेसीको रेकर्ड तोड्दै १८ वर्ष ३४३ दिनको उमेरमा गोल गरे, जुन मेसीले १८ वर्ष ३५७ दिनमा गरेको गोलभन्दा १४ दिन अगाडि हो ।
  • उनी विश्वकपमा १८ वर्ष वा सोभन्दा कम उमेरमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन्, पेलेले १७ वर्षको उमेरमा यो उपलब्धि हासिल गरेका थिए ।

काठमाडौँ । स्पेनका १८ वर्षीय युवा लामिन यामलले फिफा विश्वकप २०२६ मा साउदी अरेबियाविरुद्ध गोल गर्दै फुटबल इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् । आइतबार राति भएको खेलमा गोल गर्दै यामलले विश्व फुटबलका महान् हस्तीहरू लियोनल मेसी र पेलेको कीर्तिमानसँग आफ्नो नाम जोड्न सफल भएका हुन् ।

१८ वर्ष ३४३ दिनको उमेरमा साउदीविरुद्ध गोल गरेका यामल विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता बनेका छन् । उनले अर्जेन्टिनी लिजेन्ड लियोनल मेसीको रेकर्डलाई समेत पछि पारेका छन् । मेसीले १८ वर्ष ३५७ दिनको उमेरमा आफ्नो पहिलो विश्वकप गोल गरेका थिए, तर यामलले मेसीभन्दा १४ दिन अगावै यो उपलब्धि हासिल गरे ।

यामलले ब्राजिलका महान् खेलाडी पेलेको एउटा दुर्लभ कीर्तिमानलाई पनि पछ्याएका छन् । विश्वकपमा आफ्नो देशका लागि १८ वर्ष वा सोभन्दा कम उमेरमा गोलको खाता खोल्ने यामल विश्वकै दोस्रो खेलाडी बनेका छन् । यसअघि सन् १९५८ को विश्वकपमा ब्राजिलका पेले (१७ वर्षको उमेरमा) ले मात्र यो सफलता हात पारेका थिए ।

यस ऐतिहासिक उपलब्धिपछि भावुक बनेका यामलले यसलाई आफ्नो जीवनको सबैभन्दा ठुलो सपना पूरा भएको बताएका छन् । उनले भने, ‘मैले अघिल्लो विश्वकप कक्षाकोठामा बसेर टिभीमा हेरेको थिएँ । आज रङ्गशालामा मेरी आमा र परिवारको अगाडि विश्वकपमा गोल गर्न पाउनु मेरो लागि एउटा सपना साँचो हुनु जस्तै हो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप