गुण्डागर्दीमा संलग्न एक जना जडिबुटीबाट पक्राउ
काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका पासलाल तामाङलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पासलाललाई मंगलबार काठमाडौको जडिबुटीबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई आवाश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमारसिंहले जानकारी दिए ।
उपरीक्षक सिंहका अनुसार तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा करिब १८ महिना जेल भुक्तान भएरर छुटेका हुन् । तामाङ सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा समेत संलग्न रहि फरार रहेको प्रहरीले जनाएको छ । यसअघि तामाङको समूहले बलेफी हाइड्रोपावरका ठेकेदारलागायतलाई हतियार देखाएर मार्ने तथा हातखुट्टा भाँच्ने धम्की दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर
-
लाल सागरमा तेल ट्याङ्करमा मिसाइल आक्रमण
-
पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न
-
ललितपुर मेयर कप : लगातार चौथो पटक एपीएफ च्याम्पियन
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल