फोडेन प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित
शनिबार, ०५ जेठ २०८१, १७ : २९
लण्डन । म्यानचेस्टर सिटीका फिल फोडेन प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित भएका छन् । यस महिनाको सुरुमा २३ वर्षीय इङ्ल्यान्डका मिडफिल्डरलाई फुटबल लेखक संघको वर्ष फुटबलरको उपाधि दिइएको थियो।
फोडेनले यो सिजन प्रिमियर लिगमा करियरको उत्कृष्ट १७ गोल र आठ असिस्टहरू गरेका छन्। ‘यो अवार्ड जित्नु एउटा उपलब्धि हो जसमा म धेरै गर्व गर्छु,’ फोडेनले भने।
सिटीका लागि फोडेनभन्दा लिगमा मात्र एर्लिङ हालान्ड (२७) ले धेरै गोल गरेका छन् । सिटीले आइतबार वेस्ट ह्यामलाई घरेलु मैदानमा हराए कीर्तिमानी लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण