पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न
काठमाडौं । तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार तथा दोस्रो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । गत चैत १ गतेबाट सुरु भएको कोर्स शनिबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न भएको हो ।
पुम्से सेमिनार तथा रिफ्रेसर कोर्सका सहभागीलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङलगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खेलाडी उत्पादनसँगै दक्ष निर्णायक उत्पादनमा पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स फलदायी हुने विश्वास व्यक्त गरे ।
चैत १ गते कोशी प्रदेशको इटहरीबाट कोर्स सुरु भएको हो । इटहरीपछि मधेस प्रदेशमा रौतहटको चन्द्रपुरमा चैत ४ देखि ६ सम्म बागमतीको चितवनमा चैत १३ देखि १५, गण्डकीको पोखरामा चैत ७ देखि ९, लुम्बिनीमा चैत १९ देखि २१ र सुदूरपश्चिम प्रदेशमा चैत २२ देखि २४ गतेसम्म सञ्चालन भएको थियो । जसमा ३१७ पुरुष र ५७ महिला गरी ३७४ जना सहभागी भएका थिए ।
उनीहरुलाई वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक टार्जन सुब्बा, नोर्बु लामा, बब्लु सिवाकोटी र विक्रम खड्गीले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, नेपाल कुस्ती संघका अध्यक्ष राज मोहमद मिया अन्सारी, नेपाल टेकबल संघका अध्यक्ष सुवास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण