बाँस्कोटा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्वीजरल्याण्ड दूतावासको दावी
काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको विवादमा मुछिएको समाचार आएसँगै स्वीजरल्याण्ड राजदूताबासले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी प्रस्तुत गरेको छ ।
बाँस्कोटा र स्वीट्जरल्याण्डका एजेन्ट भनिएका विजय प्रकाश मिश्रबीचको कमिसन सम्बन्धी वार्तालापको अडियो बाहिरिएसँगै सो सम्बन्धमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै दूताबासले प्रेस विज्ञप्तिमार्फत दावी गरेको हो ।
उक्त समाचार प्रति आफ्नो नाम समेत जोडिएर आएको भन्दै नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको छ ।
सो घटनासँग सम्बन्धित कुनै पनि छलफलमा दूतावासको संलग्नता नभएको र भविष्यमा पनि नहुने विज्ञप्ति भनिएको छ । मिश्रसँग समेत दूतावासको कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा दावी गरिएको छ ।
यो प्रकरणमा मुछिएका बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो