शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सातदोबाटो शीर्ष स्थानमा

मङ्गलबार, २७ फागुन २०७६, १९ : ३१
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । सातदोवाटो युथ क्लब शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा सातदोवाटोले पुल्चोक स्पोर्ट्स क्लबलाई १–० गोलले हरायो । 
सातदोवाटोको जितमा भुवन बस्नेतले गोल गरे । भुवनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए लिगमा सातदोबाटोको यो लगातार चौथो जित हो । जितसँगै सातदोबाटोले चार खेलबाट १२ अंक बनाएको छ । लगातार हार खेपेको पुल्चोकले खाता खोल्न सकेको छैन ।

अर्को खेलमा बाँसबारीले आरसिटीलाई २–१ गोलले हरायो । बाँसबारीको जितमा अमृत गुरुङले ५१ औं  र सजिन थापामगरले ७६ औं मिनेटमा गोल गरे । आरसिटीका सिशस थापाले २४ औं मिनेटमा गरेको गोल सान्त्वना गोलमा परिणत भएको थियो । जितसँगै बाँसबारी दोस्रो स्थानमा छ । बाँसबारीले चार खेलबाट ११ अंक बनाएको छ । आरसीटीले समान खेलबाट दुई अंक बनाएको छ ।

चैत २३ गतेसम्म सञ्चान हुने लिगमा ‘बी’ डिभिजनका १२ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोली ‘ए’ डिभिजनका बढुवा हुनेछ । अन्तिममा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । यसको साथै लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप