सातदोवाटोको अपराजित यात्रा जारी
काठमाडौं । सातदोवाटो युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा अपराजित यात्रा जारी राखेको छ । एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको खेलमा सातदोवाटोले ब्वाईज युनियन क्लबलाई १–० गोलले हरायो । जारी लिगका सातदोबाटोको यो लगातार पाँचौं जित हो । सातदोबाटोको जितमा दिनेश राईले निर्णायक गोल गरे ।
दिनेशले १४औं मिनेटमा गोल गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको सातदोबाटो १५ अंक छ । समान खेलबाट सात अंक बनाएको ब्वाईज पाँचैं स्थानमा छ । शुक्रबारनै भएको अर्को खेलमा आरसीटीले मध्यपुर युथ एसोसिएसनलाई ३–० गोलले हरायो । आरसीटीको जितमा अजित गुरङले ह्याट्रिक पूरा गरे । अजितले सातौं, ४९ औं र ९० औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै पाँच अंक बनाएको आरसीटी सातौं स्थानमा उक्लिएको छ । एक अंकमा सिमित मध्यपुर ११ औं स्थानमा छ । चैत २३ गतेसम्म सञ्चान हुने लिगमा ‘बी’ डिभिजनका १२ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोली ‘ए’ डिभिजनका बढुवा हुनेछ । अन्तिममा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । यसको साथै लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।