सवारी साधन नवीकरणका लागि यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय
आइतबार, १६ चैत २०७६, २२ : २२
काठमाडौं । सरकारले यातायात व्यवस्था कार्यालयमा सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि घोषित लकडाउनको प्रभावका कारण सवारी नवीकरण म्याद थप गर्ने निर्णय गरेको हो ।
आगामी बैशाख मसान्तको समयसम्म कुनै विलम्ब शूल्क जरिवना बुझाउनु नपर्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
यस्तै संस्था नवीकरण पनि वैशाख मसान्तसम्म गर्न पाउने व्यवस्था गरिएको छ ।
कम्पनी रजिष्टार कार्यालयमा विवरण बुझाउने अन्तिम वैशाख मसान्तसम्म थप गर्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने
-
विमल निभाका तीन कविता
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर