जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठसँग ‘जनप्रतिनिधि संवाद’
जुगल गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्छ । यो गाउँपालिकाको कुल क्षेत्रफल ५९२ वर्ग किलोमिटर छ । यो गाँउपालिकामा ७ वडा (साबिक सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गाविस) पछन् ।
२०६८ को जनगणना अनुसार यो गाउँपालिकाको जम्मा जनसंख्या १९२२३ रहेको यो गाउँपालिकामा धार्मिक र साँस्कृतिक विविधतामा रहेको छ ।
हिन्दु , बौद्ध र क्रिश्चियनहरुको बसोबास रहेको यो गाउँपालिकामा तामाङ, नेपाली, शेर्पा, नेवारी भाषा बोल्ने गरिन्छ ।
विविध भाषा र जातजाति रहेको यो गाउँपालिकामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गरेको पहलको विषयमा केन्द्ीत रहेर रातोपाटी डटकमले ‘जनप्रतिनिधि संवाद’ को लागि गरेको कुराकानी ।
गाउँपालिकामा कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्न के कस्ता पहलहरु गर्नुभएको छ ?
कोरोनाभाइरसको कुनै पनि औषधि नभेटिएको समयमा यसको रोकथामका लागि घरभित्र नै बस्ने र एक अर्कासँग भेटघाट नगर्ने सल्लाह दिएका छौँ ।
यस गाउँपालिकाका मानिसहरुलाई सचेतना फैलाउन स्वयंसेवकहरु खटाएका छौँ ।
गाउँभित्र आउन र जान नदिन तगारो बनाएका छौँ । उक्त तगारोबाट कोही आउन र जान पाउँदैनन् ।
यो क्षेत्रमा तामाङ भाषीहरु धेरै भएको हुनाले तामाङ भाषामा, राष्ट्रिय भाषामा गाउँपालिकाबाट चेतनामुलक सामाग्रीहरुको प्रचार प्रसारको लागि सामाजिक सञ्जालको प्रयोग गरेका छौँ ।
यसैगरी, महिला स्वयंसेविकाहरुको सहयोगमा प्रत्येक व्यक्तिलाई मास्क, सेनिटाइजर, प्रत्येक धुरीमा दुईवटा साबुन पुर्याएको छौँ । ती सामाग्रीहरु पुर्याउँदा स्वयंसेविकाहरुले सबैलाई कसरी हात धुने र मास्क प्रयोग गर्ने भन्ने जस्ता अन्य रोकथामका उपायहरु सिकाउने गर्नुहुन्छ ।
भाइरसको उपचार गर्ने औषधि नभएपनि रुघाखोकी तथा ज्वरोको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु प्रत्येक स्वास्थ्य संस्थामा पुर्याएका छौँ ।
एउटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ । अर्को मैले प्रयोग गर्दै आएको गाउँपालिकाको गाडी वैकल्पिक रुपमा तयारी अवस्थामा राखेका छौँ ।
हामीले स्थानीय क्षेत्रमै सम्भव हुने सामान्य उपचारको लागि स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ राखेका छौँ । अप्ठ्यारो स्थितिका लागि बाहिर रिफर गरिनेछ ।
तपाईँको गाउँपालिकामा कोरोना संक्रमण भएको आशंकामा गरिएको व्यक्तिहरु भेटिएका छ कि छैनन् ?
अहिलेसम्म भेटिएका छैनन् । एक जना विदेशबाट आएका व्यक्तिमा खोकी देखिएको छ । उहाँलाई क्वारेन्टाइनमा राखेका छौँ ।
विदेश वा गाउँबाहिरबाट आउने व्यक्तिहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको छ कि छैन ?
छ । एउटा आवास गृहको व्यवस्था गरेर गाउँमा बाहिरबाट आउने व्यक्तिहरुलाई राख्ने व्यवस्था मिलाएका छौँ ।
विदेशबाट आएकाहरुको अभिलेख राखेर उहाँहरुलाई नियमित फलोअफ गरेर उहाँहरुको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइरहेका छौँ ।
घरमै क्वारेन्टाइनको रुपमा बस्दै आएका छौँ ।
बजेट, खाद्यान्न र अत्यावश्यक बस्तुहरु जनतासम्म पुर्याउन गाउँपालिकाले के कस्ता पहलहरु गरिरहेको छ ?
यस गाउँपालिकामा तथ्यांक संकलन गर्दै छौँ । आर्थिक अवस्था, पेशा व्यवसाय र व्यक्तिको अवस्थाको आधारमा तथ्याकं संकलन गरेर तयारी अवस्थामा छौँ ।
तपाईंको गाउँपालिकामा लकडाउन उल्लंघन भएको छ कि छैन ?
तगारो नै हालेका छौँ । त्यसैले पास ल्याउनेबाहेक यो गाउँमा आउजाउ गर्न दिएका छौँ ।
यो बेलामा हुनसक्ने कालोबजारीलाई मध्यनजर गर्दै अनुगमन गर्ने व्यवस्था भएको छ कि छैन ?
यहाँ स्थानीय पसलहरुमा कालोबजारीको कुनै गुनासाहरु भेटेका छैनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा नियमित खोप डीपीटी र पोलियो अभाव
-
कोशीका मुख्यमन्त्री र मुख्य न्यायाधिवक्तालाई कारबाही हुनसक्छ ?
-
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला दिनभरको मौसम ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं