वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन
काठमाडौं । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । बिहीबार मध्यान्ह १२ बजे उनको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
८३ वर्षीय थापाको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । अहिले उनको शव नर्भिक अस्पतालमै रहेको जनाइएको छ । अस्पतालले थापाको कोभिड–१९ को परीक्षण गरेपछि शव निकाल्ने तयारी भएको जनाइएको छ ।
गीतकार थापाका घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चामा रहेका छन् ।
थापाको जन्म सन् १९३९ मा भएको थियो । उनी देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, रेडियो नेपालबाट सम्मान(गीतमा), लाइफटाइम एचिभमेन्ट अवार्ड लगायतबाट सम्मानित भएका थिए । थापा संगीत रोयल्टी संकलन समितिका संस्थापक अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ
-
न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ : गृहमन्त्री लामिछाने
-
कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै