पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य हैदराबादले ६ विकेटको क्षतिमा ५ बल अगावै पछ्यायो ।
विशाल योगफल पछ्याउने क्रममा अभिषेक शर्माले विस्फोटक इनिङ्स खेल्दै २८ बलमा ६६ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र ६ छक्का हिर्काए ।
हेनरिच क्लासनले पनि २६ बलमा ४२ रन जोडे । त्यस्तै, राहुल त्रिपाठीले १८ बलमा ३३ रन तथा नितिश कुमार रेड्डीले २५ बलमा ३७ रन बनाए । पञ्जाबका लागि अर्शदीप सिंह र हर्षल पटेले २–२ विकेट लिए भने हरप्रित ब्रार र शशांक सिंहले १–१ विकेट हात पारे ।
यसअघि पहिलो ब्याटिङ गरेको पञ्जाबले प्रभसिमरन सिंहको शानदार अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो । सिंहले मात्र ४५ बलमा ७ चौका र ४ छक्का हिर्काए ।
उनले ओपनर अथर्व ताइडेसँग मिलेर ९७ रनको साझेदारी गरे । अथर्वले २७ बलमा ४६ रन जोडे । त्यस्तै, राइली रुसोले २४ बलमा ४९ रन तथा कप्तान जितेश शर्माले १५ बलमा ३२ रनको योगदान दिए ।
हैदराबादका लागि टी नटराजनले २ तथा प्याट कमिन्स र विजयकान्त वियासकान्तले १–१ विकेट लिए । जितपछि हैदराबाद १४ खेलबाट १७ अङ्क बटुल्दै अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने १० अङ्कमा सीमित बन्दै पुछारबाट दोस्रो स्थानमा सिजन अन्त्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण